कांग्रेस नेता रिजालको सहयोगमा ,१२० जना कानेपोखरीबासी घर फर्के

Enepal Patra Pvt. Ltd. , १२०७  पटक हेरिएको

, मोरङ, १४ बैशाख । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गते देखि देशमा लकडाउन घोषणा गरेपछि काठमाडौं मै रोकिएका कानेपोखरीका १२० जनालाई आइतबार घर फर्काइएको छ ।
मोरङ– २ का संघीय सांसद एवं काङ्ग्रेस केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले काठमाडौंमा रोकिएका कानेपोखरीबासीलाई घर फर्काउन सहजीकरण र सहयोग गर्नु भएको नेपाली काङ्ग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिका उप सभापति रोहित भट्टराईले बताउनु भयो । कानेपोखरीबाट ८ वटा माइक्रोबस लिएर भानु फुयल शनिवार काठमाडौं पुग्नु भएको थियो । उपत्यकामा रहेका आफन्तसँग बस्दै आएका र कामको सिलसिलामा काठमाडौं बसेर अप्ठ्यारो खेपिरहेका कानेपोखरीबासीलाई भेला गर्न गोविन्द फुयल,लोचन निरौला, गोपाल कोइराला,चन्द्र फुयल, प्रकाश फुयल,राम मगर, गणेश सुबेदी र सुनील भण्डारी र राजेन्द्र गुरागाईले सहजीकरण गर्नु भएको थियो ।
काठमाडौं उपत्यकाबाट गाउँबासीलाई ल्याउने औचरिक निर्णय नभएपनि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र वडा नं. ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतको सहयोग रहेको रोहित भट्टराईले बताउनु भयो । भट्टराईले नेका मोरङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति सुमन कुँवर कानेपोखरीका नेका सभापति योगन्द्र दाहाल र कानेपोखरी काठमाडौ सेवा समाज तथा साथीहरूको महत्वपूर्ण सहयोगले सबै साथीहरूलाई गन्तब्य सम्म पु¥याउन सकिएको बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०४-२६ , समय : २०:४०:१४ , ४ वर्ष अगाडि