कांग्रेसद्धारा मृगौला रोगीलाई आर्थिक सहयोग

Enepal Patra Pvt. Ltd. , ७५४  पटक हेरिएको

लेटाङ, ११ बैशाख । मृगौलामा खरावी आएर डायलासिस गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण घरमै बसिरहनुभएकी लेटाङ ८ जाँते वजारमा अस्थायी वसोवास गरिरहनुभएकी कुमारी राईलाई नेपाली कांग्रेस जाँतेले २० हजार सहयोग गरेको छ । डायलासिस गर्ने पैसाको अभाव भएपछि राईको परिवारलाई नेपाली कांग्रेस लेटाङका उपसभापति तथा लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले उक्त रकम पिडित राईकी छोरी सविता राईलाई आज हस्तान्तरण गर्नुभयो । राईकाे बिराट मेडिकल कलेज बिराटनगरमा उपचार भईरहेकाेमा आर्थिक अभावका कारण केही समय देखि मृगाैलाकाे डायलासिस गर्न सकिरहेकाे थिएन । कांग्रेसले यति आर्थिक सहयाेग गरेपछि एकपटकलाई डायलासिस गर्न रकम जुटेकाे छ भने अर्काे पटकका लागि सहयाेग रकमकाे आवश्यकता देखिएकाे छ ।
मृगौलाको खरावी भएकी राईको स्थायी घर पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. ९ मा रहेको छ ।
आर्थीक अभावले उपचारमा समस्या भएपछि राई सहित परिवार पिडामा रहेको थियो । उहाँलाई सहयोग गर्न चहाने मनहरुले लेटाङ ८ का वडा अध्यक्ष भिम पोख्रेललाई ९८५२०५९३९३ मा सम्पर्क गर्न सकिने बताईएको छ ।

प्रकाशित मिति: २०२०-०४-२३ , समय : ०९:४१:४१ , ४ वर्ष अगाडि