फागुन देखि हराएका धनराज भाउन्नेमा झुण्डिएको अवस्थामा फेला परे

Enepal Patra Pvt. Ltd. , ६४८  पटक हेरिएको

 

बेलबारी ,९ बैशाख । फागुन देखि हराइरहेका मोरङको कानेपोखरी–१ होक्लाबारीका धनराज बुढाथोकी मङ्गलबार बेलबारी–१० भाउन्नेमा झुण्डिएको अवस्थामा फेला परेका छन् । होक्लाबारीमा व्यवसाय गर्ने ५८ वर्षीय बुढाथोकी फागुन २५ गते धरानदेखि घर फर्कदैै गर्दा देखि परिवारसंँग सम्पर्क बिहीन भएको धनराजका छोरा महेन्द्र बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार त्यसपछि खोजीकार्य गर्दा बुवाको मोवाईलको लोकेसनले बिराटनगर देखाउँदै आएको थियो । बुवाको शरिरमा रहेको केही गहना र साथमा रहेको पैसाको लोभमा कसैले बुवालाई हत्या गरेर झुण्डाएको हुनसक्ने छोरा महेन्द्रले बताउनु भयो । बुढाथोकीका २ छोरा र १ छोरी रहेका छन् ।
मङ्गलवार विहान घाँस दाउरा लिन जंगल गएका ब्यक्तिहरुले महेन्द्र राजमार्ग भन्दा करिव १सय मिटर उत्तर रुखमा झुण्डिरहेको अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यलय बेलवारीलाई खबर गरेका थिए । पुर्ण रुपमा सडेर अनुहार चिन्न नसकिने अवस्थामा रहेको उक्त शव बेल्टमा झुण्डिएको इलाका प्रहरी बेलवारीले जनाएको छ । प्रहरीका अनुसार उनको शरिरमा भेटिएको लाईसेन्सको आधारमा शव पहिचान भएको र परिवारलाई बुझाएर पोष्टमार्टमको लागि उर्लाबारीको मंगलबारे अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको प्हरीले प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०४-२१ , समय : १५:०६:०८ , ४ वर्ष अगाडि