युवा उद्यमी पराजुलीद्वारा कोठाभाडा नलिने घोषणा

Enepal Patra Pvt. Ltd. , ५४१  पटक हेरिएको

उर्लाबारी , ९ बैशाख । मोरङको उर्लाबारीका युवा उद्यमी ध्रुवचन्द्र पराजुलीले आफ्नो घरमा डेरा बस्ने तीन परिवारको कोठा भाडा नलिने हुनु भएको छ ।
उहाँले चैत महिनाको कोठा भाडा नलिने घोषणा गर्नु भएको हो । उहाँको उर्लाबारी –५ स्थित घरमा अम्बिका दाहाल,शेषराज आचार्य र संगीता ढकाल डेरा बस्दै आउनु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको अवस्थामा उहाँले कोठा भाडा नलिने घोषणा गर्नु भएको हो । घरमा सबै श्रमजीवी बस्नु हुन्छ । बजार नखुल्दा आम्दानीका बाटोहरू बन्द छन् । सरकारले समेत चैतको भाडा नलिन आह्वान गरिरहेकोले आफूले भाडा नलिने घोषणा गरेको पराजुलीले बताउनु भयो ।
घरधनीले चैतको भाडा नलिदा धोरै भएपनि राहत भएको भाडामा बस्दै आउनु भएका शेषराज आचार्यले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०४-२१ , समय : १०:५३:१७ , ४ वर्ष अगाडि