बिचल्ली परेका ५ जनालाई कांग्रेस नेता रिजालको सहयोग

Enepal Patra Pvt. Ltd. , ११२३  पटक हेरिएको

मोरङ , ८ बैशाख । मोरङको कानेपोखरी स्थायी घर भई काठमाडौंमा बिचल्ली परेका ५ जनालाई कांग्रेस केन्द्रीय सदस्य एवं मोरङ २ का संघीय सांसद डाक्टर मीनेन्द्र रिजालले खाद्यान्न र कारोना भाइसरबाट बच्नका लागि आवश्यक बन्दोवस्दीका सामग्री प्रदान गर्नु भएको छ ।
काठमाडौंमा दैनिक मजदुरी एवं ज्यालादी गरी जिविकोपार्जन गर्ने युवाहरू कोरानाको भयावह नियन्त्रण गर्न सरकारले देशमा लकडाउन घोषणा गरेपछि समस्यामा परेका थिए । उनीहरू समस्यामा परेको सूचना समाजसेवी एवं बैदेशिक रोजगार ब्यावसायी देवेन्द्र लुइटेले दिनु भएपछि डाक्टर रिजालले खाद्यान्न तथा बन्दोवस्दीका सामग्री प्रदान गर्नु भएको हो । नेपाली कांग्रेस मोरङ– काठमाडौं सम्पर्क समितिका उप सभापति रोहित भट्टराई र सुनील भण्डारीले युवाहरूलाई काठमाडौंको गौशालाबाट खाद्यान्न सहितका सामग्री प्रदान गर्नु भएको थियो । कांग्रेस नेता रिजालको सचिवालयले जिल्लाका जुनसुकै क्षेत्रका नागरिक सङ्कटमा परेको सूचना प्राप्त हुनासाथ प्रारम्भिक चरणको राहत प्रदान गर्दै आएको छ । यस अघि कानेपोखरी ४ र ३ का ११ जना युवालाई रिजालले सहयोग गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२०-०४-२० , समय : १८:२६:४३ , ४ वर्ष अगाडि