३३ जनाको आरडीटी जाँच , सबैको नेगेटिभ

Enepal Patra Pvt. Ltd. , १०८४  पटक हेरिएको

लेटाङ, ८ बैशाख । विदेश वाट भर्खरै आएकाहरु तथा हालै नेपालका विभिन्न ठाँउमा घुमेर आएकाहरुलाई हिजो र आज ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको छ । सो परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ भएपछि नगरवासीमा कोरोनाको त्रासमा कमि आएको छ ।
उनिहरुलाई कोरोना संक्रमणको आशंकामा आरडीटी गरिएका र रिपोर्टमा सबैको नेगेटिभ भेटिएको हो ।
३ जना महिला र ३० जना पूरुष गरी ३३ जनाको आरडीटी गरिएको स्वास्थ्य प्रमुख महेन्द्र चौधरीले जानकारी दिनु भएको छ । आईतावार देखि सुरु गरिएको सो परीक्षण सोमवार सकिएको जानकारी दिदै उहाँले परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ रहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२०-०४-२० , समय : १६:२८:५५ , ४ वर्ष अगाडि