Enepal Patra Pvt. Ltd. , ६०९ पटक हेरिएको
डम्बर सिन्चिउरी
लेटाङ्ग ६ बैशाख । विश्व व्यापि माहामारी कोभिड १९ (कोरोना) कहर बाट स्थानिय दैनिक ज्यालादारी गरेर छाक टार्ने तथा विपन्नहरुलाई केही राहात दिने उदेश्य राखी लेटाङ्ग नगरपालिका द्वारा स्थापना गरिएको नगर स्तरिय राहात कोषमा लेटाङ्ग ९ जाँतेका सामुदायीक बनहरु द्वारा आज एक लाख २८ हजार बराबरको चेक हस्तान्त्रण भएको छ ।
स्थानिय वडा नम्बर ९ जाँतेको कार्यलयमा स्थानिय चार वटा सामुदायीक वन तथा वडा पदाधिकारीहरु को प्रतिनिधिमुलक उपस्थिति मा नगर उपप्रमुख कृष्ण कुमारी निरौला लाई उक्त अंक बराबरको चेक हस्तान्त्रण गरिएको वडाध्यक्ष कृष्ण लुईटेलले जनाए ।
वडाध्यक्ष लुईंटेलका अनुसार उक्त अवसरमा स्थानिय सदाबहार , वसन्त हरियाली , स्वर्गद्वारी र कोपिला सामुदायीक वन उपभोक्ता समूहका अध्यक्षहरुले आ-आफ्नो समुहको अलग अलग चेक हस्तान्त्रण गरेका थिए । सोही अवसरमा सदाबहार सामुदायीक वनका अध्यक्ष सुजित बुडाथोकी ले रु ३० हजारको ,स्वर्गद्वारी सा. व. का अध्यक्ष खेमराज ढकालले रु ३० हजार र वसन्त हरियाली सा.व. का अध्यक्ष सन्त राई ले रु ५० हजारको चेक हस्तान्त्रण गरेको जनाईएको छ । यसै गरी कोपीला सा.व. का अध्यक्ष भवानी लिम्बू ले पनि रु १८ हजार को चेक हस्तान्त्रण गरेका थिए ।
नगर स्तरिय राहात कोषमा जम्मा हुने उक्त चेक ग्रहण गर्दै उपप्रमुख निरौलाले आफु खुसी संथागत रुपमा राहात वितरण गर्दा अनियमितता हुन सक्ने आशंका रहेकाले पनि सबैले एक द्वार प्रणाली लाई नै अपनाउनु परेको जनाउनु भयो । राहात रकम हस्तान्त्रण गर्ने सम्पुर्ण सामुदायीक वनहरुलाई धन्यवाद दिँदै निरौलाले पहिलो चरणको राहात वितरणको समीक्षा पछि तुरुन्तै दोश्रो चरणको राहात वितरण गरिने सोँचमा नगर रहेकोले यस्ता मनकारी दाताहरुले कोषमा रकम जम्मा गर्न सक्नुहुने जनाउनु भएको छ । यसका लागि राष्ट्रिय बाणिज्य बैंक लेटाङ्ग शाखामा रहेको हिसाब नम्बर २४५००००६७००१ रकम हस्तान्तरण गर्न सकिने साथै जिन्सीका लागि सम्बन्धित वडा-वडा मा सम्पर्क गर्न अनरोध समेत गर्नु भएको छ ।
प्रकाशित मिति: २०२०-०४-१८ , समय : १६:४७:२३ , ४ वर्ष अगाडि