बेलवारीमा दैनिक उपभोग्य सामानको मुल्यमा एकरुपता

Enepal Patra Pvt. Ltd. , ८११  पटक हेरिएको


बेलवारी, ६ बैशाख । दिनप्रतिदिन तिब्र रुपमा विश्वमा महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले देशलाई लकडाउनको घोषणा गरको २६ दिन भएको छ । बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव र बढि मुल्यमा बिक्री विरण हुन नदिन बेलवारी उद्योग वाणिज्य संघले बेलवारी भित्रका सबै पसलहरुलाई मुल्य सुची सार्वजनिक गर्दै मुल्यमा एकरुपता ल्याएको छ ।
केहि दिन देखि बेलवारी नगरपालिका क्षेत्र भित्रका खाद्य किराना पसलहरुमा उपमेयर ढाकाकुमारी पराजुली सहितको अनुगमन टोलीले पटक पटक अनुगमन गरिरहेको छ । शुक्रवार बेलवारी नगरपालिका र ईलाका प्रहरी कार्यलय सँग समन्वय गर्दै बेलवारी उद्योग वाणिज्य संघले बजार अनुगमन गरे पश्चात मुल्यमा एकरुपता ल्याउने निर्णय गरेको बेलवारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुवेदीले बताउनु भयाे । फरक फरक पसलमा फरक फरक मुल्य रहँदा उपभोक्तालाई असजिलो भएको हुनाले उपभोक्ताको हितमा र व्यवसायीहरुलाई पनि बिक्री वितरण गर्न सजिलो होस् भनेर जिल्लामै पहिलो पटक मुल्यमा एकरुपताको निर्णय हामीले लागुगरेका हौँ उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष राजेशजंग कार्कीले भन्नुभयो ।
शनिवार बेलवारी उद्योग वाणिज्य संघ बेलवारीले एक विज्ञप्ति जारी गर्दै लकडाउन अवधीमा कुनै पनि उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्दै मुल्यमा एकरुपता ल्याउन बेलवारी नगरपालीका, इलाका प्रहरी कार्यलय र बेलवारी उद्योग वाणिज्य संघको संयुक्त रुपमा भएको बजार अनुगमन बाट निम्न खाद्य वस्तुको निम्न मुल्य निर्धारण गरेको जनाएको छ। साथै खाद्य सामग्रीको जारी गरिएको खाद्य सामग्रीको मुल्य भन्दा बढि कुनै पसलले लिईएको पाईएमा तुरुन्तै उद्योग वाणिज्य संघ अथवा बेलवारी नगरपालीका अथवा प्रहरी कार्यलयमा खवर गरिदिनुहुन हार्दिक अनुरोध गर्दै मुल्य सुची भन्दा बढि मुल्यमा बेचेको पाईएमा कानुन बमोजिम कार्वाहि हुने जानकारी समेत गराएको छ ।

मुल्य सुचि

१)  कान्छी मन्सुली चामल(नयाँ)– ४० प्रति केजी
२) कान्छी मन्सुली चामल(पुरानो)–४२ प्रति केजी
३) नुन – २२ प्रति केजी
४) चिनी – ८० प्रति केजी
५) चिउरा– ६० प्रति केजी
६) तोरी तेल – ९५ एक पोका
७) रिफायन तेल – ८० एक पोका
८) मैदा –६० प्रति केजी
९) चना–११० प्रति केजी
१०) हरियो मटर–१२२ प्रति केजी
११) भुजा – ८० प्रति केजी
१२) मुसुरो दाल – १२० प्रति केजी

प्रकाशित मिति: २०२०-०४-१८ , समय : १२:००:४१ , ४ वर्ष अगाडि