प्रशान्त निरौला
मोरङ, ५ बैशाख । मोरङ क्षेत्र नं. २ का सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले ११ जना औद्योगिक तथा निर्माण मजदुरलाई शुक्रबार राहत प्रदान गर्नु भएको छ । काठमाडौंमा खाने अन्न सकिएपछि उनीहरू पैदल हिडेर मोरङको कानेपोखरी– ३ स्थित आफ्नो घर फर्किरहेका थिए ।
बिहीबार बिहान १२ जना भएर ललितपुरको पाटन औद्योगिक क्षेत्रबाट पूर्व लागेका उनीहरूलाई प्रहरीले भक्तपुरको जगातिबाट फर्काएको थियो । बिहान ९ बजे पाटनबाट हिडेका उनीहरू १२ बजे जगाति पुगेका थिए । जगातिबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू पुन पैदल नै फर्किएका थिए । फर्किने मध्येका अभिषेक चौधरीले भन्नुभयो – खाने अन्न सकियो । अलि अलि घरलान राखेको पैसा पनि खाएरै सकिने भयो । भनेको बेला चामल किन्न पनि पाइदैन् ।तरकारी र पानीको उस्तै समस्या, त्यसैले पैदल नै घर जान भनेर हिडेका थियौं , तर प्रहरीले रोक्यो । विपन्न परिवारका युवाहरू कोही औद्यँोगिक क्षेत्रमा काम गर्थे भने कोही घर निर्माण क्षेत्रमा काम गर्थे । खुल्छ कि भनेर दुई हप्ता बाटो हे¥यौं तर खुलेन । त्यसपछि पार नलाग्ने भएपछि घर फर्किने निर्णयमा पुग्यौं अर्का युवक तुला चौधरीले भन्नुभयो ।
प्रहरीले फर्काएपछि सङ्कटमा परेका उनीहरूलाई न कसैले राहत दियो न आर्थिक सहयोग नै ग¥यो । उनीहरू सङ्कटमा परेको सूचना मोरङका पत्रकार हरि कोइरालाले दिएपछि मोरङ –२ का सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले राहत प्रदान गर्नु भएको हो । डाक्टर रिजालले मोरङ काठमाडौं सम्पर्क समितिका उप सभापति रोहित भट्टराई र स्वकीय सचिव सुनील भण्डारी मार्फत १५ हजार रुपियाँ राहत प्रदान गर्नु भएको हो ।
११ जनालाई सामान्य दालभात खानका लागि आपतकालिन राहत प्रदान गरिएको मोरङ काठमाडौं सम्पर्क समितिका उप सभापति रोहित भट्टराईले बताउनु भयो । मोरङको कानेपोखरी गाउँपालिकाका १,२ र ३ नं. वडा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. २ मा पर्छन् । रिजाल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.