नगरको राहत कोषमा २१ लाख १३ हजार बढी

Enepal Patra Pvt. Ltd. , ७९०  पटक हेरिएको

पथरीशनिश्चरे, ४ बैशाख । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म २१ लाख १३ हजार ३ सय २७ रुपैयाँ जम्मा भएको छ ।
‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म २१ लाख १३ हजार ३ सय २७ रुपैयाँ जम्मा भएको हो ।
जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण कार्य भइरहेको समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताउनु भयो । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइएको छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।दाताहरुको नामावली ….
१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १)              १ लाख १ हजार
२, लर्डबुद्ध सहकारी (प श, २ )                       २० हजार १
३, महिला जातृति सामुदायिक वन (प श, ९)            १५ हजार
४, सागर तुम्वापो (प श ३, हाल इजरायल)             १५ हजार
५, रोशन खरेल (प श, ९)                             १० हजार
६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९)          ३ हजार
७, मनकामना सहकारी संस्था लि. (प श, १)             २१ हजार
८, काँशीराज राई ( प श, ७ वडा सदस्य )              १० हजार
९, अनोज घिमिरे ( प श, १० वडा सदस्य )              १० हजार
१०, हरिराज प्याकुरेल ( प श, १)                       ५ हजार १ सय
११, उत्साही साना किसान सहकारी संस्था (प श)
( कृषि विकास बैंकमार्फत)            २५ हजार
१२, शनिश्चरे वचत सहकारी    ( प श)                १५ हजार
१३, रञ्जित मगर, अमृता मगर ( प श, ९)                ३ हजार
१४, तलेजु वचत तथा ऋण सहकारी ( प श, ९)          १० हजार
१५, प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श)     ५ लाख ५४ हजार १ सय ११
१६, राधाकृष्ण मन्दिर व्यवस्थापन समिति ( प श, ९)         १६ हजार ५
१७, एनप्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श )    ४० हजार
१८, गृहलक्ष्मी सहकारी ( प श, ९)                         ३ हजार
१९, तिलक लिम्बू ( प श, ३ )                             ५ हजार
२०, डा. सुनीलकुमार शर्मा ( नोबेल अस्पताल विराटनगर समेतबाट)                 ९ लाख ८६ हजार
२१, कुमारी राई    ( प श, १)                             २० हजार
२२, कमानसिंह राई ( प श, १)                             २० हजार
२३, नमूना मण्डली  (प श)                                २० हजार
२४, पर्शुराम न्यौपाने ( प श, २ वडा सदस्य)                 १० हजार १०
२५, अशोककुमार वस्नेत ( प श, ९, हाल नलवपरासी जिल्ला न्यायाधिस)
१५ हजार
२६, पथरी इसाई समाज (प श)                            ३६ हजार २ सय
२७, सामुदायिक सिकाइ केन्द्र ( प श ३)                     ५ हजार
२८, सहारा नेपाल                                        ५० हजार
२९, नेपाल कम्यूनिष्ट पार्टी ( प श २ नम्वर वडा कमिटी )    २५ हजार
३०, यामप्रसाद गुरागाईं ( प श २ वडाध्यक्ष)                 १० हजार
३१, अरुणा राई ( प श २ वडा सदस्य)                      १० हजार
३२, अग्नी गुरुङ ( प श २ वडा सदस्य)                     १० हजार
३३, सीता भुसाल ( प श २ वडा सदस्य)                    १० हजार
३४, बालकृष्ण बुढाथोकी ( प श २)                         ५ हजार

प्रकाशित मिति: २०२०-०४-१६ , समय : ०९:०५:११ , ४ वर्ष अगाडि