बेलबारी–चिसाङ साझेदारी बनद्वारा १ लाख ६० हजार सहयोग

Enepal Patra Pvt. Ltd. , ९०६  पटक हेरिएको

बेलबारी, २९ चैत । मोरङको बेलबारी चिसाङ साझेदारी वन ब्यवस्थापन समितिले आफ्नो कार्यक्षेत्रका स्थानीय तहले गठन गरेको कोरोना नियन्त्रण राहत कोषमा १ लाख ६० हजार रुपियाँ प्रदान गरेको छ ।
समितिका अध्यक्ष दिनेशप्रसाद गिरीका अनुसार बेलबारी नगरपालिकालाई १ लाख रुपियाँ सहयोग गरेको छ । यस्तै रङ्गेली नगरपालिकालाई १५ हजार , कानेपोखरी गाउँपालिकालाई २० हजार रुपियाँ , धनपाल गाउँपालिकालाई १० हजार रुपियाँ र कटहरी,ग्रामथान गाउँपालिकालाई ५÷५ हजार र लेटाङ नगरपालिकालाई ५ हजार रुपियाँ सहयोग गरेको छ । नगर तथा गाउँपालिकाले गठन गरेको राहत कोषमा जम्मा हुने गरी समितिले चेक प्रदान गरेको अध्यक्ष गिरीले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०४-११ , समय : २०:५६:५७ , ४ वर्ष अगाडि