कानेपोखरी गाँउपालिकाले सहयोग नलिएकोमा कांग्रेसको आपत्ती

Enepal Patra Pvt. Ltd. , २८३७  पटक हेरिएको

कानेपोखरी,२८ चैत । डाक्टर सुनिल शर्माले कोभिड १९ को कारण लकडाउन भैई जोखिम भइरहेको बेला असाहाय , अपांङ तथा खानाको अभावमा भोकै बस्नुपर्ने अवस्था आएका कानेपोखरीका जनतालाई ५ लाख दिन खोज्दा कानेपोखरी गाँउपालिकाले लिन अश्विकार गरेको भन्दै यस्तो कार्यको नेपाली कांग्रेस कानेपोखरीले भत्सर्ना गरेको छ ।

विश्व मानव जगतलाई विनास गर्ने गरि नोवेल कोरोना भाईरस (कोभिड १९) फैलिरहेको र समग्र विश्व लकडाउन भएको अवस्था रहेको बताउदै कांग्रेसले यस परिस्थिति संग जुध्न राजनीति भन्दा माथी उठेर आपसी सद्भावल, सहयोगमा सहभागि हुनु अहिलेको आवश्यकता औल्याएको छ ।
गाँउपालिकाले खोलेको विपत राहत कोषमा ५० हजार रुपैया पनि संकलन नभएको अवस्थामा नेपाली कांग्रेसका महासमिति सदस्य तथा मोरङ क्षेत्र नं. ३ प्रतिनिधी सभा उमेद्धार शुनिल शर्माले दिएको ५ लाख रुपैया अस्वीकार गर्नू अक्षम्य घट्ना भएको कानेपोखरी कांग्रेसले जनाएको छ ।

राहत रकम लिनुका सट्टा कानेपोखरी गाँउपालिकाले आफ्नो प्रवक्ता मार्फत विज्ञप्ती निकालेर जनतामा भ्रम छरेको र विधिको शासनलाई कुल्चेको आरोप लगाएको छ ।

राहत वितरण समिति गठन गरि आवश्यकताका आधारमा राहत वितरण गर्नुपर्नेमा राजनैतिक उदेश्यले प्रेरित भई सर्वदलिय समितिलाई भुमिका विहिन वनाई नेकपाले संकलन गरेको नामावली अनुसार राहत वितरण गरेको भन्दै कांग्रेसले आपती जनाएको हाे ।
गाँउपालिका उपाध्यक्षले राहत वितरणमा एकद्धार प्रणाली अपनाउनुपर्ने नेकपा पार्टीको तर्फवाट भन्दै स्वच्छाचारी ढंगले राहत वितरण गरिरहेको प्रति समेत कांग्रेसले आपती प्रकट गरेको छ ।
कांग्रेसले विश्व महामारीको संकटमा सहकार्य, सहमति भाईचाराको नितिलाई आजका मिति सम्म सम्पूर्ण क्रियाकलापमा संलग्न रहेको तर राहत वितरणमा देखिएको नेकपाको चरम राजनिति र नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रतिनीधि सभा उमेद्धार डा. सुनिल शर्माले दिएको राहत अस्वीकार गर्नु तथा राहत वितरणमा न्यायोचित नदेखिएकाले अब उप्रान्त एक द्धारको नीतिलाई अस्वीकार गर्दै नेपाली कांग्रेस कानेपोखरीले राहत संकलन तथा वितरण गर्ने र आफ्नै बैक खाता खोली सहयोग रकमका लागि आह्वान गर्ने गाँउ सभापति योगेन्द्र दहालले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०२०-०४-१० , समय : २०:०८:५६ , ४ वर्ष अगाडि