लेटाङ ८ का २०७ परिवारलाई राहत

Enepal Patra Pvt. Ltd. , ९९३  पटक हेरिएको

 

लेटाङ २४ चैत । लेटाङ नगरपालिका वडा नं. ८ ले २०७ घरलाई राहत वाँडेको छ ।

नगरउपप्रमुख कृष्णकुमारी निरौलाले राहत वितरणको प्रारम्भ गर्नुभएको थियो । वडा नं. ८ मा जम्मा २९२ घरधुरीलाई राहत वाडिदैछ । वाँकी रहेका ८५ घरलाई भोली वितरण गरिने वडा अध्यक्ष भिम पोख्रेलले जानकारी दिनुभयो ।

राहत वाँड्ने क्रममा कोरोनाको संक्रमणवाट वच्नका लागि अपनाईने अधिकतम विधिहरु अवलम्वन गरि राहत वाडिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । राहत वाड्ने क्रममा सवैको ज्वरो नापिएको साथै सेनिटाईजरको प्रयोग गरिएको पोख्रेलले जानकारी दिनुभयो ।

लेटाङ नगरपालिकाका ९ वटै वडामा जम्मा २१ सय घरधुरीलाई राहत वाँडिदैछ ।

प्रकाशित मिति: २०२०-०४-०६ , समय : २०:१५:५४ , ४ वर्ष अगाडि