कि ब्रोइलर किनी देउ, कि बिक्री गर्न देउ

Enepal Patra Pvt. Ltd. , २०३३  पटक हेरिएको

पथरीशनिश्चरे , २४ चैत । सरकारले कोरोनाको संक्रमण फैलिन नदिन बन्दाबन्दीको घोषणासँगै यातायात समेत ठप्प पारेपछि पूर्वी मोरङका व्रोइलर कुखुरा पालक किसान इन्तु न चिन्तु भएका छन् ।
३० दिन देखि ४५ दिन भित्रमा बिक्री गरिसक्नु पर्ने कुखुरा ६० दिन सम्म पनि बिक्री गर्न नपाएपछि किसान तीनै तहका सरकारसँग आक्रोसित भएकाछन् । पूर्वी मोरङमा हाल १० हजार कुखुरा बजार पु¥याउन नपाएर खोर मै थन्किएर रहेको रोजगार पोल्ट्री एण्ड फिड सप्लायर्स उर्लाबारीका सञ्चालक कपिल गौतमले बताउनु भयो । पूर्वी मोरङको मिक्लाजुङ, उर्लाबारी,रतुवामाई,पथरीशनिश्चरे,लेटाङ र कानेपोखरीमा ६० बढी डिलर रहेका छन् । एउटा डिलरले २५ जना किसानलाई चल्ला र दाना उपलब्ध गराउँदै आएको छ । सञ्चालक गौतमले भन्नुभयो – एउटा किसानले २ सय देखि ३ हजार वटा सम्म व्रोइलर कुखुरा पालिरहेका छन् ।
ब्रोइलर कुखुरालाई पनि अनिवार्य आवश्यक खाद्य वस्तु भित्र राख्नु पर्ने किसानहरूको माग छ ।
सामान्यतया २ सय कुखुरा पाल्न किसानको १ लाख रुपियाँ खर्च हुने गर्छ । ४५ दिनको अवधिमा कुखुरा बिक्रीका लागि तयार हुन्छन् । तर, ६० दिन सम्म दाना खुवाएर पाल्नु पर्दा किसान दोहोरो मारमा परेका छन् । प्रति केजी २ सय रुपियाँमा बिक्री हुने कुखुराको बिक्री लकडाउन भएयता ठप्प छ । ग्रामीण क्षेत्रमा ब्रोइलर पालन बढी छ । माग शहरी क्षेत्रमा हुने गरेको छ । लकडाउनले कुखुरा गाउँबाट शहर पु¥याउँन नसक्दा १० हजार बढी कुखुरा खोरमै थन्किएको किसानहरूको भनाई छ । अझ बजार र साना फ्रेस हाउसहरू पूर्ण रुपमा बन्द हुँदा कुखुराको माग शुन्य छ । बजार बन्दले मारमा परेका किसान गलत प्रचारको मागमा परेको गुनासो गर्छन् ।
पथरीशनिश्चरे ५ भोटेघुम्तीका किसान रमेश गिरीले भन्नुभयो – ७ सय कुखुरा लाई ६५ रुपियाँ प्रति किलोको दाना खुवाएर पालिरहेको छु । पछिल्लो पटक २५ सय चल्ला हाल्नु भएका गिरीले ७ सय कुखुरा बिक्री गर्न बाँकी हुँदा लकडाउन भयो । ३५ दिनका भएपछि बिक्री गर्न सुरु गरेको बताउँदै उहाँले भन्नुभयो – जति छिप्पिए उति बढी चारो खान्छन् । मासु बढ्दैन , उल्टो वजन घट्न थाल्छ । अहिले गिरीले कुखुरालाई सास जोगाउन दैनिक २ वोरा दाना दिइरहनु भएको छ । जसको मूल्य दैनिक ६ हजार ५ सय रुपियाँ पर्छ ।गिरीले कि त किसानका कुखुरा किनी दिनु पर्छ कि बिक्री गर्न यातायात खुलाइदिनु पर्ने माग गर्नुभयो ।
उता सोही स्थानका रमेश कार्की कुखुरा बिक्री नभएर यो सिजनमा मात्र २० लाख रुपियाँ डुब्न लागेको बताउनु हुन्छ । पथरीशनिश्चरे ५ को हसन्दह बजारका कार्कीले किसानलाई ७० प्रतिशत लगानी गर्न लगाएर आफूले ३० प्रतिशत लगानी गरी ३५ सय कुखुरा पालिरहनु भएको छ । जयकिसान पोल्ट्री फर्मका सञ्चालक समेत रहनु भएका कार्कीले भन्नुभयो – ५ हजार कुखुरा बिक्रीका लागि बजार पु¥याउँनु पर्ने भएको छ । तर, लक डाउनले ब्यापार चौपट्ट भयो । कार्कीसँग कारोवार गरिरहेका चिरञ्जीवी बन्जाराको पनि हालत उस्तै छ । ५ सय कुखुरा ४० दिन माथिका भए । बिक्री छैन् । होटल, साना फ्रेस हाउस सबै बन्द छन् । अझ ब्रोइलर कुखुरा नखानु भन्ने हल्लाले झनै किसानहरू प्रभावित भएका छन् ।
किसानहरूले स्थानीय सरकारसँग बिक्रीका लागि प्रबन्ध मिलाइ दिन बारम्बार आग्रह गरेका छन् । तर, स्थानीय सरकारले पनि वेवास्था गरेको किसान रमेश गिरीले बताउनु भयो । नेपालमा सरकार धेरै भए । तर जनताको सुबिधाका लागि सरकारले काम गरेनन् ।
उता पथरीशनिश्चरे नगरपालिकाकी उप प्रमुख यमुना बिष्ट बास्तोलाले नगरका तीन वटा फ्रेस हाउसलाई सञ्चालनको अनुमति दिइएको बताउनु भयो । बाणिज्य संघ, नगरपालिका र किसान बीच छलफल भएर नै फ्रेस हाउ सञ्चालनमा आएको उहाँको भनाई छ ।
तर, किसानहरू ति फ्रेस हाउसले आफैले उ्रत्पादन गरेको कुखुरा काट्ने भएकोले सबै किसानका कुखुरा खपत नभएको बताउँछन् ।

प्रकाशित मिति: २०२०-०४-०६ , समय : १८:३२:४८ , ४ वर्ष अगाडि