लकडाउन उल्ल‌ंघन प्रति ध्यानाकर्षण

Enepal Patra Pvt. Ltd. , ११३०  पटक हेरिएको

लेटाङ, (मोरङ) २२ चैत । मोरङको लेटाङ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भीमप्रसाद पोख्रेलले शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै आफूलाई जोडेर राहत वितरणमा रोक लगाइएको भन्दै सामाजिक सञ्जालमा आएका विषय प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ ।

वडाको धमला टोलमा राहत वितरण एकद्वार प्रणाली अन्तरगत नभएको र स्थानीय जनप्रतिनिधि र प्रहरीलाई समेत सहभागी नगराई भएको भन्दै रोकेका विषयलाई अतिरञ्जित गराइएको उहाँको विज्ञप्तिमा उल्लेख छ । उहाँले विज्ञप्ति मार्फत नगरपालिकाले आफूलाई संयोजकको जिम्मेवारी दिएको अवस्थामा आफ्नै वडामा जनप्रतिनिधिलाई सहभागि नगराइ राहत वितरण गर्नु उपयुक्त नभएको उल्लेख गर्नु भएको छ । सरकारले राहत वितरण गर्ने कार्यक्रम एकद्वार प्रणालीबाट गर्न एवं सामाजिक दुरी कायम गरी मात्र वितरण गर्न भनिरहेको अवस्थामा साँझ पख विना सूचना राहत वितरण गर्नु जोखिम निम्त्याउनु जस्तै हो । वडामा राहत वितरण गर्न आवश्यक थियो । वितरणको बिरोध भन्दा पनि विधि र प्रक्रिया नपुगेको भन्ने मेरो भनाईलाई राहत बिरोधीको रुपमा ब्याख्या भएको प्रति खेद प्रकट गर्दै नगरपालिकाको निर्धारित कार्यक्रम अनुसार नै राहत वितरण कार्यक्रम सञ्चालन सबै नगरवासीमा हुने जानकारी समेत गराउन चाहन्छु ।

प्रकाशित मिति: २०२०-०४-०४ , समय : २०:१६:०३ , ४ वर्ष अगाडि