पाँचथरमा वडाध्यक्षको ब्रेन ह्यामरेजबाट निधन

Enepal Patra Pvt. Ltd. , ४८६  पटक हेरिएको

विर्तामोड, २१ चैत । घरमा ब्रेन ह्यामेरज भएर बेहोश भएपछि झापाको बीएन्डसी हस्पिटलमा उपचारत फिदिम ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन भएको छ ।

झापाको बीएन्डसी अस्पतालमा उपचाररत ३३ वर्षका तुम्वापोको शुक्रबार ब्रेन ह्यामरेजको उपचारको क्रममा निधन भएको बीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

आजै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आबोले शब फिदिम लगेका छन् ।

ब्रेन ह्यामरेजबाट पीडित तुम्वापो बिरामी परेपछि बिहीबार हेलिकप्टर चार्टर गरी फिदिमबाट थप उपचारका लागि झापा ल्याइएको थियो ।

नेकपा निकट राष्ट्रिय युवा संघ पाँचथरका सहसंयोजक समेत नेता तुम्वापो फिदिम ५ चोकमागु गैरिगाउँ भन्ने ठाउँका स्थायी बासिन्दा थिए ।

लाेकतन्त्रपाेष्ट वाट

प्रकाशित मिति: २०२०-०४-०३ , समय : १६:५१:३५ , ४ वर्ष अगाडि