लेटाङमा २७ जनाको स्वास्थ्य जाँच, ८ बेडको क्वारेन्टाइन तयार

Enepal Patra Pvt. Ltd. , ७२१  पटक हेरिएको

लेटाङ ,१५ चैत । लेटाङ नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणको आशंकामा २७ जनालाई चेकजाँच गरिएको छ । बाहिरी देशबाट आएका तथा अन्य आशंका गरिएकाहरु गरेर २७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्रमा चेकचाँज गरिएको हो । चोकजाँच गरिएकाहरु सबैमा कोरोनाको कुनै लक्षण नदेखिएको र अवस्था सामान्य नै रहेको लेटाङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेहन्द्र चौधरीले जानकारी दिनुभयो ।

बहराइन, दुवइ जस्ता मुलुकबाट आएका तथा राजधानी काठमाडौं तिर लामो समय बसेर आएकालाई चेकजाँच गरिएकोमा कोरोनाको कुनै लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमा बस्ने गरि घरमै पठाइएको उहाँले जानकारी दिनुभयो । यस्तै लेटाङ नगरपालिकामा ८ जना अँट्ने लागि क्वारेन्टाइन समेत निर्माण गरिएको चौधरीले जानकारी दिनुभयो । यस्तै आइसोलेसनमा राख्नु परेमा केशी अञ्चल अस्पतालमा लैजाने गरि समन्वय गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-०३-२८ , समय : १९:११:५२ , ५ वर्ष अगाडि