विपन्न मजदुरलाई लेटाङ नगरपालिकाले खाद्यन्न वितरण गर्ने

Enepal Patra Pvt. Ltd. , ९१७  पटक हेरिएको

लेटाङ १४ चैत । दैनिक ज्यालादारी गरेर जिविका चलाईरहेका विपन्न मजदुरहरुलाई लेटाङ नगरपालकिाले खाद्यान्न वितरण गर्ने भएको छ ।
लकडाउनका कारण काम गर्न नपाई खानाको ब्यवस्था गर्न नसकिरहेका मजदुरहरुलाई दाल,चामल लगायतका खाद्यबस्तु वितरण गर्न लागिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार विपन्न मजदुरको लगत वडा कार्यालयले लिएको र सोही वमोजिम खाद्यन्न सामाग्री वितरण गर्न लागिएको हो ।

प्रकाशित मिति: २०२०-०३-२७ , समय : १२:५०:१४ , ४ वर्ष अगाडि