पथरीमा कालोबजारी,एक पसलमा सिल

Enepal Patra Pvt. Ltd. , ६६३  पटक हेरिएको

पथरी ,११ चैत । कोरोना संक्रमणका कारण देश लकडाउन भएको बेला कालोबजारी सलबलाउन थालेका छन । यहि मौका छोपी पथरीशनिश्चरेमा रहेको यक्ष खरिद विक्री सेन्टरले कालोवजारी गरेको पाईएको छ ।

यक्ष खरिद विक्री सेन्टरले चामल र चोकरमा महगो मुल्यमा वृद्धि गरेको थाहा पाए पछि नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बाँस्तोला र वाणिज्य संघ पथरीशनिश्चरेका अध्यक्ष दिपक बास्नेतको अनुगमन टोलिले रंगेहात पक्राउ गरेको थियो ।

यक्ष खरिद विक्री सेन्टरले चैत २ गते २ बोरा २५ केजी चामलको मुल्य १९ सय लिएको छ भने सोहि चामल चैत ११ गते २४ सय लिएको छ । यक्ष खरिद विक्री सेन्टरले २ हजार बोराको चोक २४ सय लिएको उपभोक्ताको भनाई छ ।

प्रकाशित मिति: २०२०-०३-२४ , समय : १२:५६:०९ , ४ वर्ष अगाडि