धरानमा भेटिएका चिनियाँ नागरिकलाई टाँडीको क्वारेन्टाइनमा राख्न रेफर

Enepal Patra Pvt. Ltd. , ४८५  पटक हेरिएको

धरान, १०चैत्र । धरान र एक चिनियाँ नागरिकलाई बी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन वार्डमा राखिएको छ । हिजो मोरङको भाउन्नेमा साथी भेटन आएका एक चिनियाँ नागरिकलाई स्थानियबासीले प्रहरीलाई खबर गरि नियन्त्रणमा लिएर धरान पठाएका थिए । चिनियाँ नागरिक वीपी प्रतिष्ठानबाट भागे पछि प्रहरीले आज विहान पुन नियन्त्रणमा लिएको छ । उनलाई राती बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

ती युवासँग मेडिकल रिपोर्ट पनि छ । तर त्यो रिपोर्ट चिनियाँ भाषामा भएकोले नबुझेर उनलाई नियन्त्रणमा लिएर राखिएको छ । उनले भने आफु स्वास्थ्य भएको रिर्पोट भएको दावी गदैं आएका छन । उनी दुई साताअघि नेपाल आएको बकताइएको छ । कोरोनाको परीक्षणका लागि थ्रोट स्वाब लिएर काठमाण्डौको टेकु अस्पताल पठाइन लागेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले उनललाई मोरङको टाडी स्थित क्वारेनटाईनमा राख्न रेफर गरेको छ । ब्लाष्ट खबरवाट

प्रकाशित मिति: २०२०-०३-२३ , समय : १४:५७:०५ , ४ वर्ष अगाडि