कोरोना भाइरसबाट एक नेपालीको मृत्यु

Enepal Patra Pvt. Ltd. , ३४७  पटक हेरिएको

काठमाडौं, ९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको इंगल्याण्डमा मृत्यु भएको भएको छ ।

हृयारो सहरमा बस्दै आएका संखुवासभाका राई मंगलबार नै मृत्यु भएको हो ।

लिलाबहादुर ब्रिटिश–गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा इंगल्याण्डमा बसाई सरेका थिए ।

केहि दिन अघिमात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह ४ बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि अस्पताल पुर्याइएका उनलाई चिकित्सकहरुले ८ बजे मृत घोषणा गरेका थिए ।

राईका श्रीमतीसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।

प्रकाशित मिति: २०२०-०३-२२ , समय : १३:२७:१९ , ४ वर्ष अगाडि