कोरोना (कोभिन–१९) सम्बन्धी गर्याे लेटाङ नगरपालिकाले विशेष निर्णय

प्रशान्त निराैला , ५१३  पटक हेरिएको

प्रशान्त निराैला

लेटाङ, ७ चैत । लेटाङ नगरपालिकाले विपद ब्यवस्थापन समितिको बैठकवाट ६ वटा निर्णय पारित गरेको छ । कोभिन १९ विश्वव्यापी रुपमा संक्रमणको रुपमा फैलिरहेको अवस्थामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी लेटाङमा समेत संयमता अपनाउन आवश्यक रहेको भन्दै लेटाङका ३ वटा नाका लेटाङ ९ को धार्मिक चौक, लेटाङ ४ को गंगे चौक र लेटाङ २ को न्यौपाने चौकमा हेल्थ डेक्स स्थापना गरिने निर्णय भएको हो । हेल्थ डेक्सले बाहिरवाट आउने नागरिकको तापक्रम जाँच गर्ने र अन्य आवश्यक सल्लाहा समेत प्रदान गरिने छ ।
बैठकले कोरोना भाईसरवाट हुने संभावित जोखिमलाई ध्यान दिदै जनचेतनाका लागि २५ जना नवढ्ने गरी सहकारी , सामुदायिक बन, वाल क्लव , राजनीतिक दलका प्रतिनीधि लगायतलाई प्रशिक्षित गरि आम नागरिक सामु सचेतना जगाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
बैदेशिक रोजगारवाट फर्की आएका तथा अन्य देशवाट आएका नागरिकको आंकडा राख्ने, सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढि यात्रा नगराउन तथा यातायातका साधन समय समयमा डिस्ईन्भेक्सन गरी चलाउन अनुरोध गर्ने , कोरोना भाईरस संक्रमण हुन नदिन तथा जोखिम कम गर्न सजगता अपनाउनका लागि धेरै भिडभाड तथा व्यापक जनसुदाय उपस्थित हुने मेला महोत्सव , सभा , सम्मेलन जस्ता कार्यक्रम तथा हाट वजार नलगाउन सुचित गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना –कोभिन –१९) को वारेमा आवश्यक परामर्शका लागि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. अनुपम कोईरालालाई मा फोन गर्न सकिने ब्यवस्था समेत नगरपालिकाले मिलाएको छ ।

प्रकाशित मिति: २०२०-०३-२० , समय : १९:११:०६ , ४ वर्ष अगाडि