डिगबहादुर लिम्बुले गरे गम्भिर २ विरामीको उपचार

प्रशान्त निराैला , २०३५  पटक हेरिएको

लेटाङ, ७ चैत । आर्थिक अवस्था कमजोर भई स्वास्थ्यमा गम्भिर समस्या आउदा समेत स्वास्थ्य संस्थामा पूग्न नसकेका लेटाङ नगरपालिका वडा नं. २ का ७८ बर्षिय रत्नवहादुर परियार र ३० बर्षिय मात्रिका दर्जीलाई नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले पहल गरि नोवेल अस्पतालमा उपचारका लागि पठाउनुभएको छ ।
आर्थिक अवस्था ज्यादै नै कमजोर भएका मात्रिका दर्जी विगत ६ महिना देखि ओच्छ्यान परेका थिए । ३० वर्षकै उमेरमा रोगले थलिएपछि परिवारमा समेत ठुलो समस्या भइरहेको छ । उनका बुवाको केहि दिन अघि बुवाको मृत्यु भएपनि किरिया वस्न समेत सकेनन् । विरामी दर्जीको आजैवाट नोवेल अस्पतामा परिक्षण भई निशुल्क उपचार सुरु हुने नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्बुले जानकारी दिनुभयो ।
उता ५ महिना देखि ओच्छ्यान परेका ७८ बर्षिय रत्नबहादुर परियारको समेत नोवेल अस्पतालमा आजैवाट उपचार सुरु हुने उहाँले वताउनुभयो । आर्थिक अवस्था नभएर मृत्यु पर्खेर वस्न विवस परियारको कांग्रेस सभापति लिम्बुले गरिदिने भएपछि उहाँका छोरा डम्बर परियारले खुसि ब्यक्त गर्नुभयो ।
नोवेल अस्पतालमा दुवैजनाको उपचार निशुल्क गरिने सभापति लिम्बुले उहाँले जानकारी दिनुभयो । विरामीलाई कांग्रेस मोरङ क्षत्र नं. १ ‘ख’ का सभापति ईश्वरी कोईराला , वडा सभापति वालकुमार ठकुरी , नेपाली कांग्रेस लेटाङका सहसचिव राममणी वराल , तरुणदल वडा सभापति सन्तोष मगर लगायतले नोवेल अस्पतालको एम्बुलेन्समा हालेर अस्पताल पठाएका थिए ।

प्रकाशित मिति: २०२०-०३-२० , समय : १५:०५:०४ , ४ वर्ष अगाडि