Enepal Patra Pvt. Ltd. , १०३५ पटक हेरिएको
लेटाङ, ५ चैत । उपभोक्ता समितिलाई बैठक ब्यवस्थापन ,माईन्युट लेखन , पालना गर्नुपर्ने आवश्यक कानुनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात तथा विल भरपाई सम्बन्धी तालिम प्रदान गरिएको छ ।
लेटाङ नगरपालिकाको आयोजनामा लेटाङ नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुलाई एकदिन तालिम दिईएको हो । तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभएको थियो ।
तालिम सिकेर बैठक ब्यवस्थापन ,माईन्युट लेखन , पालना गर्नुपर्ने आवश्यक कानुनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात तथा विल भरपाई सम्बन्धी पोख्त हुन सहभागीहरुलाई प्रमुख राईले आग्रह समेत गर्नुभयो । बेरुजु आउने मुख्य कारण भनेकै उपभोक्ताहरुले प्रक्रिया नबुझेर हुने भएकाले सवै कुरा मसिनो गरि वुझेर व्यवहारमा उतार्न उहाँको आग्रह थियो ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले उपभोक्ताहरुलाई तालिमको जरुरी धेरै नै रहेकाले तालिम पश्चात उपभोक्ताहरुलाई सजिलो हुनेमा आफु विश्वस्त रहेको वताउनुभयो ।
तालिमको प्रशिक्षण लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत दाहाल र योजना तथा प्रसासन शाखाका प्रमुख भुपेन्द्र खनालले गर्नुभएको थियो ।
लेटाङका वडा नं. १ ,८ र ९ वाहेकका वडामा उपभोक्ताहरुलाई यो तालिम दिईसकेको र वाकी रहेका वडामा समेत अब तालिम दिईने योजना अधिकृत खनालले जानकारी दिनुभयो ।
तालिममा वडा नं. ७ का ५० जना उपभोक्ता समुहका पदाधिकारीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२०-०३-१८ , समय : १५:४३:५६ , ५ वर्ष अगाडि