विराटनगर २६ फागुन । चीनको बुहानबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण यो वर्षको होली ९फागु पुर्णिमा० पर्व प्रभावित भएको छ । यो वर्ष पहाडको होली आइतबार र तराई होली सोमबार छ ।

अघिल्ला वर्षहरुमा विराटनगरमा होलीको एक साता अघिदेखि होली मिलन कार्यक्रम हुने गरेकोमा कोरोना भाइरसको संक्रमणप्रति सचेत हुन सरकारले आह्वान गरेकोले यो वर्ष खासै कार्यक्रम भएनन् ।

सरकारले पनि कोरोनाको संक्रमण फैलने अवस्थाप्रति सचेत बन्न सभा, सम्मेलन तथा भिडभाड हुने कार्यक्रम नगर्न र तथा होली पनि ठूलो भिड जम्मा भएर नमनाउन आग्रह गर्दै आएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएकोले यसको संभावित जोखिम फैलन नदिन सचेत हुनुपर्ने भएपछि सबै राजनीतिक दलहरु तथा सामाजिक संस्थाहरुले पनि ठूला कार्यक्रम स्थगित गरेका छन् । योसँगै होली मिलन कार्यक्रमहरु पनि भएका छैनन् ।

गत शुक्रबार केही दिन अगाडि विराट व्यापार संघले होलिमिलन कार्यक्रम गरेको थियो । त्यसबाहेक औपचारिक रुपमा होली खेल्ने संस्थागत कार्यक्रम भएको छैन । यसअघि प्रदेश सरकार र स्थानीय सरकारले पनि होली खेल्ने कार्यक्रम राख्ने गरेका थिए । यो वर्ष त्यस्ता कार्यक्रम छैनन् ।

कोरोना भाइरसको त्रासका कारण मारवाडी युवा मञ्चले आयोजना गर्ने होली ‘अलबेलो बारात’ र होली रंगारंग कार्यक्रम नै स्थगित गरेको छ । मञ्चले आइतबारका लागि कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । कोरोना भाइरसको त्रासकै कारण कार्यक्रम स्थगित गरेको मञ्चले जनाएको छ ।

मोरङ व्यापार संघले गर्ने होली मिलन कार्यक्रम पनि स्थगित भएको छ । बीएफएमले पनि होली मिलन कार्यक्रम स्थगित गरेको छ । एफएमले होलीमिलन कार्यक्रमको खर्च वापतको २५ हजार रुपैयाँ रकम क्यान्सरपीडित पत्रकार कमल पौडेलको उपचारका लागि सहयोग गर्ने भएको छ ।

होलीमा हुनै औपचारिक कार्यक्रम मात्र नभएर बजारमा पनि होलीको रौनक पहिलेको जस्तो छैन । विद्यालयहरुमा दुई दिन अगाडिदेखि नै विद्यार्थीहरुले होली खेल्ने गरेकोमा अहिले त्यस्तो देखिएको छैन । बजारमा होलीको रंग र होली लेखिएका भेस्टहरुको बिक्री पनि गत वर्षको जस्तो छैन ।

विराटनगर स्थित युनिक तयारी पोसाक उद्योगका सञ्चालक नेत्र अधिकारीका अनुसार होलीको लागि भेष्ट तयारी गर्ने अर्डर नै यो वर्ष कम आएको छ । अघिल्लो वर्षमा होलीको भेष्ट छाप्ने चाप हुने गरेकोमा यो वर्ष त्यो अवस्था नरहेको उहाँले बताउनुभयो । कोरोनाको प्रभाबले यस्तो भएको उहाँको भनाइ छ ।

सुज्ञान्स इन्टरप्राइजेज विराटनगरकी सुजाता चापागाईका अनुसार अघिल्लो वर्ष १० हजार थान होलीको भेस्ट बिक्री गरेकोमा यो वर्ष ३ हजार थान मात्र बिक्री भएको छ । होलीको भेस्ट बिक्रीबाट राम्रो आम्दानी हुने गरेकोमा यो वर्ष कोरोना भाइरसकै कारण कम भएको उहाँको भनाइ छ ।

कोरोनाको जोखिमबाट बच्न भरसक भीड हुने कार्यक्रम आयोजना नगर्न जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना नै गरेको छ । सरकारले धेरै मान्छे जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न अपिल गरिरहेको बेला जिल्ला प्रशासन कार्यालयहरुले होली नखेल्न आग्रह गरेका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको सूचना विश्व स्वास्थ्य संगठनले जारी गरेपछि सरकारले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो ।

(हाम्राे मतवाट )

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.