प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा, भोलि ९ बजे प्रत्यारोपण हुने

Enepal Patra Pvt. Ltd. , ४२६  पटक हेरिएको

काठमाडौं, २० फागुन । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा, भोलि ९ बजे प्रत्यारोपण हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सम्पूर्ण तयारी पूरा भएको अस्पतालले जनाएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको भोलि २१ फागुनमा मिर्गौला प्रत्यारोपण हुँदै छ ।

ओलीको मिर्गौला प्रत्यारोपण नेपाली चिकित्सकको टोलीले गर्ने अस्पतालले जनाएको छ । आज गरिएका सम्पूर्ण जाँचको रिपोर्ट सकारात्मक आएको मुटुरोग विशेषज्ञ डा। अरुण सायमीले बताए ।

डा। सायमीले भारतबाट पहिलो मिर्गौला प्रत्यारोपण गर्ने डा। अनन्तकुमार पनि भारतबाट आएको भन्ने सुनेको भए पनि ओलीको प्रत्यारोपण भने नेपाली चिकित्सकले नै गर्ने जानकारी दिए ।

ओलीलाई यस पटक मिर्गौला दिने पनि आजै अस्पताल भर्ना भएकी छन् । ओली र उनलाई मिर्गौला दिने महिलालाई सँगसँगै राखिएको अस्पतालले बताएको छ ।

भोलि बुधबार बिहान ९ बजेदेखि प्रत्यारोपणको कार्य सुरु हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०३-०३ , समय : १६:११:३१ , ४ वर्ष अगाडि