नोवेलको स्वास्थ्य शिविर प्रदेश नं. १ का पहाडी जिल्लामा, हजारौं लाभान्वित

Enepal Patra Pvt. Ltd. , ९१२  पटक हेरिएको

संखुवासभा, १५ फागुन । नोबेल शिक्षण अस्पतालले आफ्नो निशुल्क स्वास्थ्य सेवा दिने कार्यक्रम संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङ्गखुरुङमा पु¥याएको छ । मोरङको निर्वाचन क्षेत्र नं. ३ मा मात्र स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै नोवेलको आलोचना हुने गरेको थियो ।
नगरको वडा कार्यालय, न्यौपाने कुलबंश समाज र न्यौपाने बन्धु समाजसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरबाट १ हजार १ सय ३० जना बिरामीको निःशुल्क उपचार गरिएको छ ।
शिविरमा ३ सय ४१ जनाको भिडियो एक्सरे, २ सय ३ जनाको ल्यावटेष्ट र १ सय ५४ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । शरिरमा गाँठागुँठी पलाएका २४ जना र आँखामा समस्या भएका २१ जनाको शिविरमा सामान्य शल्यक्रिया समेत गरिएको छ ।
गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेल अस्पतालले पूर्वी नेपालका बिभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसैवीच शुक्रबार संखुवासभाको खाँदवारी र आइतबार भोजपुरको गोगनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने नोबेल अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०२-२७ , समय : १७:३९:५९ , ४ वर्ष अगाडि