विराटनगरमा साढे पाँच करोडको लागतमा सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग सञ्चालन

Enepal Patra Pvt. Ltd. , ९२८  पटक हेरिएको

बिराटनगर,१५ फाल्गुण । देशैभरि औधोगिक नगरीको रूपमा परिचय बनाएको बिराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा
साढे पाच करोडको लगानीमा कृषिमा आधारित सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रि प्रा. लि. सञ्चालनमा आएको छ । प्रदेश नम्बर एक का मुख्यमन्त्रि शेरधन राईले एक कार्यक्रमकोबिच उक्त उद्योगको उदघाटन गरेका हुन।

मुख्यमन्त्री शेरधन राईले भने यस इण्डष्ट्रिले नेपाल सरकारको नीति सुखि नेपाली समृद्ध नेपाललाई पनि टेवा पुर्याउने छ। हजारौंको संख्यामा मानिसहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगार पाउने छन् र त्यसबाट ब्याक्तिको आयमा बूद्धी हुने छ ब्याक्तिको आय बूद्धी भएपछि राज्यको आय आफै बूद्धी हुनेछ ।

प्रदेश नंबर एकका भुमी, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानाले सुभकामना दिदै यस इण्डष्ट्रिले अब दुध उत्पादक कृषकहरुलाई यता उता भटकीन दिदैन र सिधै उपभोक्ता संग जोड्ने काम गर्छ ।

यस्तै कृषि मन्त्रालयका सचिव डा।विमल कुमार निर्मलले देशमा खपत भइरहेको मध्ये २० देखि २५ प्रतिशत दुध प्रदेश एकमा मात्र उत्पादन हुने गरेको बताए । उनले प्रदेश नम्बर एक र तिनमा एकैमात्रामा दुख उत्पादन भईरहेको जानकारी दिए । उनले नेपालमा प्रतिव्यक्ति प्रति वर्ष ८२ लिटर दुध खाईरहेको तथ्याङक पेश गरेका थिए ।

सञ्चालक मनोज यादबले साढे पाँच करोडको लागतमा सञ्चालनमा आएको यो उद्योगमा प्रत्यक्ष रुपमा ३० देखि ४० जनाले रोजगारी पाउने भएको जानकारी दिए । उनले सुरुवाती दौरमा उद्योगले ३ हजार लिटर सम्म दुधको प्रशोधन गर्ने जानकारी दिए । उनले यो उद्योगबाट प्रति घण्टा २ सय र प्रति दिन २० हजार लिटर दुध उत्पादन हुने बताए । इण्डष्ट्रिबाट शुद्ध दुध,दही, पनिर लगायतका पाँच प्रकारका दुधजन्य समान उत्पादन हुने समेत संचालकले जानकारी दिए।

प्रकाशित मिति: २०२०-०२-२७ , समय : १६:१६:४४ , ४ वर्ष अगाडि