दुर्घट्नामा एककाे मृत्यु

Enepal Patra Pvt. Ltd. , ५००  पटक हेरिएको

ताप्लेजुङ,१५ फागुन । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । बुधवार साँझ साँढे ५ बजेको समयमा ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर अचानक बाटोबाट चिल्लेर दुर्घटना हुँदा ट्याक्टरका सह चालक मैवाखोला गाउँपालिका १ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर चालक मेरिङदेन ४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०२-२७ , समय : १०:४४:०५ , ४ वर्ष अगाडि