नाङ्गो फोटो देखाएर ब्ल्याकमेलिङ गरिएपछि महिलाले गरिन् आत्महत्या

Enepal Patra Pvt. Ltd. , ८४९  पटक हेरिएको

बिराटनगर, १४ फागुन । प्रेमको नाटक गरी नजिकिएको एक युवाले यौन सम्बन्धी भिडियो बनाएर ब्ल्याकमेलिङ गरी हैरान पारेका कारण मोरङको सुन्दरहरैचाकी एक बिवाहित महिलाले आत्महत्या गरेकी छिन् ।

सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराईले नक्कली फेसबुुुक आइडी बनाएर ब्ल्याकमेलिङ गरेपछि प्रीती तिम्सिना (अधिकारी) ले आत्महत्या गरेकी हुन् । फाल्गुन ०८ गते अपरान्ह ३ बजे सुन्दरहरैचा ५ गौशालाकी १९ बर्षिया प्रीती तिम्सिना (अधिकारी) सलको पासो लगाई झुन्डीएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनापछि बेलबारी प्रहरीले मृतकको साथबाट घटना स्थलमा सुसाइड नोट र मृतकले प्रयोग गर्ने मोबाइल फोन फेला पारेको थियो । सुसाइट नोटमा ऋषिरामले फेक फेसबुक आई डी प्रयोग गरी अश्लील फोटो पोस्ट गरिदिने भन्दै ब्ल्याक मेल गरी पटक पटक पैसा असुल्ने गरेको र पछिल्लोपटक समेत पैसा मागेको र पैसा नभएको कारण आफुले आत्महत्या गर्नु परेको उल्लेख भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीले आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुवैजनालाइ नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई र सुन्दरहरैचा ६ बस्ने वर्ष १९ कि संजिता निरौला छन् । बेलबारी प्रहरीले मृतकको साथबाट घटना स्थलमा सुसाइड नोट र मृतकले प्रयोग गर्ने मोबाइल फोन फेला पारेको थियो ।

उक्त सुसाइड नोटमा  dazzling queen फेसबुक आईडी प्रयोग गर्ने दिपा नाम राखेको ऋषिले फेसबुकमा अश्लील र गोप्य फोटो पोस्ट गरिदिने भन्दै ब्लाकमेल गरि पटक पटक पैसा असुल्ने गरेको र धेरैपटक पैसा दिने गरेको र सोही दिन पनि पैसा मागेको र पैसा नभएको कारणले आत्महत्या गर्नु परेको उल्लेख गरिएको थियो ।

सुसाइड नोट र मोबाइल फोनको आधारमा  dazzling queen फेसबुक आइडी प्रयोग गर्ने दिपा भनिने ऋषिराम भट्टराई भएको र इटहरी स्थित गोर्खा डिपार्टमेन्ट अगाडि पटक पटक पैसा लिन संजिता निरौला गएको भन्ने अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए । अहिलेसम्म पटकपटक आरोपित व्यक्तिले कति रकम लिएको थियो भन्ने नखुलेको तर धेरै पटक रकम लिएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यता प्रहरीको नियन्त्रणमा भएकी संजिता लुइटेलले आफुलाई ऋषिराम भट्टराईले प्रीती तिम्सिना (अधिकारी) बाट पैसा लिनु छ त्यहांँबाट पैसा लिएर आइदिनु भनेर आफू गएको बताएकी छिन् । प्रहरी नियन्त्रणमा रहेकी संजिता नेटवर्किङ विजनेस ओरियनसमा सकृय रहेकी छिन् । ऋषिरामले प्रितिबाट लिनुपर्ने पैसा लिएपछि भारतमा तालिम लिन जाने भनेकोले आफुले उसलाई सहयोग गर्न पैसा लिइदिएको संजिताले बताएकी छिन् ।

प्रकाशित मिति: २०२०-०२-२६ , समय : ११:०७:०९ , ४ वर्ष अगाडि