अमेरिका र अष्ट्रेलिया जाँदा बैंक ब्यालेन्स देखाउने बाँध्यता

Enepal Patra Pvt. Ltd. , ५२५  पटक हेरिएको

काठमाडौं, ७ फागुन । पैसा हुने वित्तिकै घर जग्गामा लगानी गरेकाहरुको पछिल्लो समयको आकर्षण भएको छ अमेरिका र अष्ट्रेलियासँगै युरोपेली देशहरुमा जानेहरुको बैक ब्यालेन्स ‘सो’ गरिदिने । निश्चित रकम कमिशन लिएर पैसा देखाइदिए वापत राम्रो कमाइ हुने भएकाले राजधानीमा यस्तो व्यवसाय फष्टाउँदै गएको छ । तर वैदेशिक रोजगारी नेपालीहरुका लागि महंङ्गो बन्दै गएको छ ।

अष्ट्रेलिया र अमेरिका जानको लागि ४० लाख रुपियाँसम्म रकम देखाए वापत वैदेशिक रोजगारीमा जाने नेपालीले दुई लाख रुपियाँसम्म बुझाउनु पर्ने बाँध्यता रहेको छ । विदेशमा गएका नेपालीको केही समस्या भएमा आफन्तको नाममा रहेको बैंक खाताको रकम प्रयोग गर्ने उदेश्यले त्यस्तो रकम देखाउनु पर्ने बाँध्यता भएकाले पैसा नहुनेहरुले दुई लाख रुपियाँसम्म तिर्ने गरेका छन् । त्यसको जिम्मेवारी शैक्षिक परामर्श केन्द्रहरुले गर्ने गरेका छन् ।

आपसी सहमती भएकाले प्रहरीले निश्चित नाफा खाने र थोरै समयमा धेरै पैसा आर्जन गर्ने काम हुँदै आएपनि प्रहरीले चाहेर पनि कसैलाइ पक्राउ गर्न सकेको छैन । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भन्नुभयो –आपसि सहमती हुने भएकाले प्रहरीले कारवाही प्रक्रिया अघि बढाउन सकेको छैन । यसरी लगानी गर्नेहरु सधै सुरक्षित भने हुँदैनन् ।
महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–२ पयुपाटा कुँवर टोल घर भइ ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौरीदेउराली घर भई ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी आफ्नो बैंकका खातामा ६० लाख रुपैयाँ राख्न लगाई रकम राखेको भोलीपल्ट बैंकबाट विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०२०-०२-१९ , समय : १७:३८:०६ , ४ वर्ष अगाडि