कोरोना भाइरसले दुई हजार भन्दा बढीको मृत्यु, ७५ हजार संक्रमित

Enepal Patra Pvt. Ltd. , ८२४  पटक हेरिएको

काठमाडौं ७ फागुन । चीनको वुहानबाट गत डिसेम्बर अन्तिमदेखि फैलिन थालेको कोरोना भाइरस ९कोभिड–१९० ले मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

मृतकमा ६ जना बाहेक सबै चीनमा मरेका हुन् । कोरोनाबाट ७५ हजार भन्दा बढी संक्रमित रहेका छन् ।

संक्रमित मध्ये १ हजार जना चीन बाहिरका हन् । हङकङमा २ जनाको मृत्यु भएको छ भने ६२ संक्रमित छन् । अन्य मृतकहरु पिलिपिन्स, जापान, ताइवान र फ्रान्समा एक एक जना हुन् ।

नेपालमा भने अहिलेसम्म एक जना मात्र संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति: २०२०-०२-१९ , समय : ११:५०:३५ , ४ वर्ष अगाडि