दुई हजार भन्दा बढी पत्रकार नेपालगन्जमा

Enepal Patra Pvt. Ltd. , ५८९  पटक हेरिएको

नेपालगन्ज, ६ फागुन । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनका लागि देशैभरीबाट नेपाल प्रेस युनियन सम्बद्ध २ हजार बढी पत्रकार नेपालगन्जमा भेला हुने भएका छन । नेपालगन्जमा नवौं राष्ट्रिय महाधिवेशनको सचिबालय उद्घाटन तथा चैत महिनाको २१ र २२ गते नेपालगन्जमा सम्पन्न हुने नवौं राष्ट्रिय महाधिवेशनका बारेमा जानकारी गराउन नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले वताउनुभयाेे ।

केन्द्रीय अध्यक्ष सिग्देलले एक औपचारिक कार्यक्रम बिच रिबन काटेर सचिवालयको उद्घाटन समेत गर्नुभयाे । उद्घाटन गर्दै उहाँले यो अधिवेशन युनियनको मात्रै नभएर सम्पुर्ण पत्रकारको भएको बताउनुभयाे । ‘आस्था र विचारका आधारमा हामी जहाँसुकै भएपनी पत्रकारका मुद्दामा हामी एक छौं, त्यसैले यो अधिवेशनलाई हामी सम्पुर्ण पत्रकारको अधिवेशन बनाउन चाहन्छौं ।’ सिग्देलले भन्नुभयाे ।

कार्यक्रममा युनियनका उपमहासचिव प्रेम केसीले महाधिवेशन भव्य रुपले सफल पार्नका लागि भन्दै महाधिवेशन परिचालन (स्टेरिङ्ग) समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिनुभयाे । सिग्देलले अनुसार महाधिवेशन परिचालन (स्टेरिङ्ग) समितिको संयोजकमा प्रेम केसी, सदस्यहरुमा हेमन्त कर्माचार्य, विजय वर्मा, दिपा आले, जय सिंह केसी, हरिश भट्ट, अर्जुन वली, जयनारायण शाह, शुक्र ऋषि चौलागाईं, नरेन्द्र थापा, दामोदर भण्डारी, राकेश मिश्रा, नवीन गिरी, चेतकान्त भट्टराई रहेका छन त्यसैगरी सदस्य सचिवमा श्रीराम सिग्देल रहेका छन ।

महाधिवेशन परिचालन समितिका सदस्य संयोजक रहने गरि विभिन्न उपसमितिहरु गठन गरिएको छ । आर्थिक परिचालन तथा सचिवालय व्यवस्थापन समितिको संयोजकमा प्रेम केसी, आवास तथा भोजनमा श्रीराम सिग्देल, पर्यटन प्रवर्द्धनमा शुक्र ऋषि चौलागाईं, अनुगमन तथा मुल्यांकनमा हेमन्त कर्माचार्य, प्रकाशन तथा छापामा दामोदर भण्डारी, प्रचार प्रसारमा अर्जुन वली, सुरक्षा तथा समारोहमा जयनारायण शाह, अतिथी सत्कारमा जय सिंह केसी, झाँकि तथा सांस्कृतिकमा नरेन्द्र थापा, सामाजिक संघ संस्था तथा सम्मानमा नवीन गिरी र सरसफाइ तथा स्वास्थ्य व्यवस्थापन उपसमितिमा विमल चन्द संयोजक रहेको बाँके प्रेस युनियनले जानकारी गराएको छ ।

प्रकाशित मिति: २०२०-०२-१८ , समय : १७:४०:५३ , ४ वर्ष अगाडि