चलचित्र पत्रकार संघमा बस्नेत,केन्द्रीय प्रतिनिधिमा राई र खड्का

Enepal Patra Pvt. Ltd. , ७१५  पटक हेरिएको

 

इटहरी, २७ माघ । चलचित्र पत्रकार संघ प्रदेश नं. १ को अध्यक्षमा बेलबारीका पत्रकार नरेन्द्र बस्नेत निर्वाचित हुनु भएको छ । इटहरीमा भएको दोस्रो अधिवेशनले बस्नेत लगायतको टिमलाई निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई, सचिबमा बिराटनगरका बीरेन्द्रकुमार साह,सहसचिबमा बिर्तामोडका रमेश तिवारी र कोषाध्यक्षमा उर्लाबारीका किशोर श्रेष्ठ चयन हुनु भएको छ । कार्य समितिको सदस्यहरुमा लक्ष्मीकुमार तामाङ (उर्लाबारी),भास्कर श्रेष्ठ (विर्तामोड),मौषमी कार्की (धरान),मनिष दास (विराटनगर) र सुवास श्रेष्ठ (ईटहरी) चयन हुनु भएको छ । थप दुई सदस्य कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।

यस्तै अधिवेसनले केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष सन्तोष राई र तेजन खड्कालाई चयन गरेको छ ।

प्रकाशित मिति: २०२०-०२-१० , समय : १८:४७:३९ , ४ वर्ष अगाडि