प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या ,सचिवालय बैठक स्थगित

Enepal Patra Pvt. Ltd. , ५१२  पटक हेरिएको

काठमाडौं , २६ माघ ।प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य समस्या देखिए पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित गरिएको छ ।

शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल बीच आइतबार सचिवालय बोलाउने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिए पछि सचिवालय बैठक स्थगित गरिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार नियमित डायलासिस गराएका थिए । १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओली नियमित डायलासिस गराउँदै आएका छन् ।

प्रकाशित मिति: २०२०-०२-०९ , समय : १३:२७:१२ , ४ वर्ष अगाडि