चुनाव लड्दाको खर्च कसैले दिने भए पद छोड्थे – राम कार्की

Enepal Patra Pvt. Ltd. , ११६३  पटक हेरिएको

काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय बैठकमा नेकपाका नेताहरुले खुलेर कुरा राख्नु भएको छ । झण्डै दुई वर्षपछि बसेको बैठकमा मनमा गुम्सिएका कुराहरु नेताहरुले बैठकमा स्पस्टसँग राख्नुभयो । समूहगत छलफल हुँदै टोली नेतामार्फत रिपोर्टिङ गर्ने क्रमबाट पार्टी, सरकार र अन्य विषयहरुमा गम्भीर मुद्दाहरु उठाइयो । यसमध्ये नेकपा नेताहरुबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई चुनाव हराउने नेकपाका बौद्धिक नेता राम कार्कीले राखेको कुरा यतिबेला चर्चामा छ ।
उहाँले मुलुकमा निर्वाचन प्रणाली लोकतन्त्रका लागि नै घातक बन्दै गइरहेको धारणा राख्नुभयो । कार्कीले आफ्नै पीडालाई जोडेर निर्वाचन प्रणालीको कुरा गर्नुभयो,’ बैठकमा सहभागी एक नेताले कार्कीको भनाई उद्धृत गर्दै भन्नुभयो – ‘निर्वाचन प्रणाली नै घातक भयो । २५÷३० करोड खर्च नगरी चुनाव जित्न नसकिने । पहिला टिकट पाउन पैसा खर्च गर्नुपर्छ । कि पैसा खर्च गर्नुपर्ने, कि नेताको आफन्त हुनुपर्ने ।’अन्यथा टिकट नै नपाइने ।

कार्कीले आफ्नै शैलीमा टिकट पाएपछि झन् दुःखका दिन सुरु हुने अनुभूति बाँढ्न्भयो । ‘टिकट पाएपछि चुनाव जित्न गाह्रो । ठूला घराना, ठूला उद्योगपतिको पैसा लिनुपर्ने । त्यो पनि २०÷३० लाख होइन । त्यो भन्दा धेरै । चुनावमा उसले सहयोग गरेपछि जितेर फर्केपछि उसको अगाडि उभिँदा हाम्रो माक्र्सवाद त्यहीँ सकिन्छ ।’ उहाँले आफ्नै दुःख बाँढ्दै भन्नुभयो , ‘परिस्थिति यति डरलाग्दो छ कि मैले चुनाव लड्दा गरेको खर्च अहिले कसैले दिने हो भने यो पदै दिइहालौं जस्तो लाग्छ । यस्तो खालको प्रणालीले हामीलाई कहाँ पु¥याउँछ ?’

बैठकमा नेकपाका युवा नेता ठाकुर गैरेले पार्टीको कार्यदिशा थप स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो । ‘हामीले भनेको सामाजिक न्याय सहितको समाजवाद के हो ? त्यो समाजवाद ल्याउनको लागि हामीले जनताको जनवाद कसरी कार्यान्वयन हुन्छ ? त्यसका लागि सरकारले गर्नुपर्ने काम के हुन् ? यसको लागि पार्टी पहिला जनताको जनवाद सिद्धान्त बोक्ने पार्टी बन्नुप¥यो ।

समाजवाद स्थापना गर्नका लागि पार्टीलाई समाजवादी बनाउनुप¥यो ।’ उहाँले अगाडि थप्नुभयो – ‘यो प्रतिवेदनमा नेपाली मोडेलको समाजवादको व्याख्या र त्यसको लागि नेपाली समाजको वर्ग विश्लेषण, नेपाली समाजको चरित्रको निर्धारण गर्नुपर्छ । पार्टी र सरकार स्पष्ट कार्यदिशा सहित अगाडि बढ्नुपर्छ ।’

प्रकाशित मिति: २०२०-०२-०२ , समय : २०:४६:११ , ४ वर्ष अगाडि