नगरपालिकाद्वारा विद्यार्थीहरुलाई न्यानो पोषाक बितरण

Enepal Patra Pvt. Ltd. , १०३२  पटक हेरिएको

लेटाङ ,१४ माघ । लेटाङ नगरपालिकाका मेयर शंकर राईको आति कम आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई न्यानो पोषाक वितरण कार्यक्रम अन्तर्गत लेटाङ ८ को गणेश प्राविमा मंगलबार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको छ । नगरपालिका भित्रका बिध्यार्थीहरुलाई जाडोमा लगाउने पोसाक दिए पछि पढ्न सहज हुने भन्दै पोसाक बितरण सुरु गरिएको नगरप्रमुख राईले इनेपालपत्रलाई जानकारी दिनु भयो ।

नगरप्रमुख राईले सुरु गर्नुभएको यो अभियान अन्तर्गरको आजको कार्यक्रममा वडा नं ८ का अध्यक्ष भिम प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले न्यानाे पाेषाक बिना बिध्यार्थीलाई याे अभियानले धेरैनै फाईदा पूगेकाे वताउनुभयाे । उहाँले वडाका तर्फवाट पनि विशेष कार्यक्रम ल्याउने वताउनुभयाे । ८ नं‍ वडा भुगाेलकाे हिसावले समेत पहाडी र बिकट भएकाले बिध्यार्थीलाई बिध्यालय पूग्न समस्या  हुने उहाँले वताउनुभयाे ।

विद्यालय प्रधानाध्यापक रोहित पराजुलिले न्यानाे कपडा बितरण अभियानले अध्यय्न अध्यापनमा टेवा पूगेकाे वताउनुभयाे । नगरपालिकाकाे याे अभियान सवैले प्रस‌ंसा गर्न लायक कार्यक्रम भएकाे उहाँले वताउनुभयाे ।

यस्तै लेटाङ नगरपालिकाको अति कम आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई न्यानो पोषाक वितरण कार्यक्रम अन्तर्गत लेटाङ ५ को सुर्य प्राविमा मंगलबार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको छ । बिपन्न परिवारका बिध्यार्थीलाई पोसाक न्यानो पोसाक नभएर बिद्यालय जान-आउन नै समस्या हुने र चिसोका कारण बिध्यार्थी बिरामी तथा कमजोर हुन सक्ने कुरालाई मध्यनजर गर्दै नगरप्रमुख राईले यो अभियान सुरु गर्नु भएको थियो ।

वडा नं ५ का अध्यक्ष भुम ब. सुर्य मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष मगरले नगरपालिकाको कार्यको प्रशंसा गर्दै वडा कार्यालयले समेत आफ्नो वडाका विद्यालयहरुलाई विशेष प्राथमिकतामा राखेको जनाउँदै विद्यालय र विद्यार्थीहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याउन अन्तिम चरणमा कार्यहरु भइरहेको कुरा बताएका छन् ।

विद्यालय प्रधानाध्यापक नरेन्द्र ब। खड्काले नगरपालिकालाई धन्यवाद दिंदै यस्ता कार्यक्रमहरुबाट विद्यार्थी तथा अभिभावकहरुले राहत महसुस गर्ने तथा शिक्षण सिकाइमा थप प्रभावकारीता बढ्ने जनाएका छन् ।

प्रकाशित मिति: २०२०-०१-२८ , समय : १८:२०:५७ , ४ वर्ष अगाडि