सुर्खेत तनावग्रस्त ,प्रशासनले लगायाे कर्फ्यु

Enepal Patra Pvt. Ltd. , १७८३  पटक हेरिएको

काठमाडौं,१४ माघ । जिल्ला प्रशासन कार्यालय, सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको केही क्षेत्रमा कर्फ्यु लगाएको छ । ट्रिपरको ठक्करबाट एकजनाको घटनास्थलमा मृत्यु भएपछि उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रशासन कार्यालय सुर्खेतले कर्फ्युको लगाएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं ३ स्थित गौतमचोक नजिकै आज बिहान ट्रिपरको ठक्करबाट कालिकोट जिल्ला महावै गाउँपालिका ३ बस्नुहुने वर्ष २१ का केशरबहादुर सिंहको मृत्यु भएको थियो । मृत्युपछि उत्तेजित भिडले तोडफोड, आगजनी गर्न उत्रिदा स्थिति नियन्त्रणमा लिन प्रशासनले कफर््युको आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा आठजना घाइते भएको जनाइएको छ । प्रशासन कार्यालयले वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेशिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँचसय मिटर दक्षिणसम्मको क्षेत्रमा कफर््युको आदेश जारी गरेको हो । उक्त आदेश साँझ साढे छ बजेदेखि बिहान छ बजेसम्मका लागि जारी गरिएको हो ।
मङ्गलबार बिहान भे १ ख २२४२ नम्बरको ट्रिपरले ठक्कर दिदा केशरबहादुर सिंहको घटनास्थलमै मृत्यु भएको हो । गााेरखापत्रबाट

प्रकाशित मिति: २०२०-०१-२८ , समय : १७:५७:०१ , ४ वर्ष अगाडि