गायिका आस्था राउत प्रहरीमा हाजिर, आजै जिल्ला प्रशासन कार्यालय लगिने

Enepal Patra Pvt. Ltd. , ४६२  पटक हेरिएको

काठमाडौं,१३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षमा महिला प्रहरीमाथि अभद्र व्यबहार गरेको अरोप लागेकी गायिका आस्था राउत आफै प्रहरी समक्ष उपस्थित हुनु भएको छ ।

आस्था राउत आफैंले प्रहरीलाई फोन गरी विहना ९ः३० बजे माहनगरीय प्रहरी परिसर टेकुमा उपस्थित हुनु भएको महानागरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
उहाँलाई आजै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने र उहाँ आजै धरौटीमा छुट्न सक्ने संभावना रहेको प्रहरी स्रोतले जनाएको छ
उहाँलाई केही दिन अघि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट उहाँलाई पक्राउ गर्न अनुमति दिइएको थियो ।

प्रकाशित मिति: २०२०-०१-२७ , समय : ११:५१:२८ , ४ वर्ष अगाडि