तरकारीको मुल्य स्थिर , तरकारी उत्पादक किसानलाई फाइदा

Enepal Patra Pvt. Ltd. , १२६१  पटक हेरिएको

हरि कोइराला,
उर्लाबारी, ९ माघ । माघको दोस्रो साता चलिरहँदा पूर्वमा मौसमी तरकारीको मुल्य अझै घटेको छैन् । गत वर्षको यही समयमा काउलीको बजार मूल्य प्रतिकिलो १५ रुपियाँ थियो । यस्तै मुला ५ रुपियाँ,ब्रोकाउली ३० रुपियाँ, आलु ३० रुपियाँ स्कुस २० रुपियाँमा बिक्री भएको थियो । तर, यो वर्ष कुनै पनि तरकारीको मुल्य नघटेको तरकारीका थोक बिक्रेताहरू बताउँछन् ।
भारतीय तरकारीको आयातमा केही कमी र किसानले बारीबाट तरकारी कम निकाल्दा मुल्य नघटेको थोक बिक्रेताहरू बताउछन् । बजारमा माग उच्च छ , तर किसानहरू माग अनुसार तरकारी निकाल्दैनन् । उनीहरू टमाटर बाहेक अरु तरकारी ब्यापारीलाई दिँदैनन् । विगतमा बजारमा तरकारी निकालेपछि किसानहरू मुल्य घटाएर पनि बिक्री गरिसकेर जाने गर्थे । बिहानको तुलनामा बेलुका आधा मुल्य घट्थ्यो ,तर यो वर्ष बिहान भन्दा बेलुका तरकारीको मुल्य उच्च भइरहेको ब्यापारी बालकृष्ण राजवंशीले बताउनु भयो ।
अहिले पूर्वी मोरङमा आलु ४० र काउली ३० रुपियाँ प्रति किलोमा बिक्री भइरहेको छ । यस्तै ब्रोकाउली ३० रुपियाँ, टमाटर ४०,मुला २०,इस्कुस ३० रुपियाँमा बिक्री भइरहेको छ ।
पछिल्लो समय किसानहरूले आफ्नो उत्पादन आफै बजार लगेर बिक्री गर्ने गरेकाछन् । किसानले बिक्री गर्दा बजारको माग बढी भए बारीबाट थप तरकारी ल्याउने र बिक्री नभए भोलिको बजारमा लाने गर्छन् । जसले गर्दा मुल्य घटेर बिक्री गर्नु नपरेको अर्का किसान ब्यापारी इन्द्रजीत मण्डलले बताउनु भयो ।
मोरङको पथरीशनिश्चरे ५ र ६ का तरकारी उत्पादक किसान यतिबेला आफ्नै बारीको काउली,मुला,ब्रोकाउली, टमाटर, काक्रा र बैगुन बिक्री गरिरहेका छन् । अधिकांश किसान आफैं बजार पु¥याएर तरकारी बेच्न थालेपछि यो वर्ष तरकारीको मुल्य आरालो लागेको छैन । पथरीशनिश्चरे ५ का बासुदेव मण्डलले भन्नुभयो – यो वर्ष राम्रो छ । तरकारीको बेर्ना राख्ने देखि , रोप्ने र उत्पादन लिने समय २१ दिन अन्तरमा राख्यौं , जसले गर्दा तरकारी एकै पटक निस्केन । उहाँले तरकारी खेतीको तालिम पाएपछि मुल्य पनि राम्रो पाएको बताउनु भयो ।
राजवंशी मात्र होइन । पथरीशनिश्चरे ६ केचनाका तरकारी उत्पादक इन्द्रजीत मण्डलले पनि आफ्नो उत्पादन आफै बिक्री गर्न बस्नुहुन्छ । भारतबाट तरकारी आउने क्रम अलि कम हुनासाथ हाम्रो उत्पादनले राम्रो मूल्य पाउँछ, उहाँले भन्नुभयो । इन्द्रजीतले भन्नुभयो – गत वर्ष १० रुपियाँमा काउली बिक्री गरेको यो वर्ष ४० घटीमा बिक्री गर्नु परेको छैन् ।
तरकारीमा बिचौलियाले उत्पादक किसानको भन्दा बढी नाफा कमाउने किसान यमलाल दास बताउनु हुन्छ ।५ विगाहामा बाह्रै महिना आफैले तरकारी उत्पादन गरेर आफै बिक्री गर्ने यमलाल बिचौलियाका कारण किसान मारमा परेको बताउनु हुन्छ । उहाँले भन्नुभयो–टमाटर बिक्रीम समस्या छ । अरु तरकारीले बजार राम्रो पाइरहेको छ ।

प्रकाशित मिति: २०२०-०१-२३ , समय : १९:५७:४४ , ४ वर्ष अगाडि