सगरमाथा आरोही मदन चुडाल सम्मानित

ईनेपालपत्र संबाददाता , ४  पटक हेरिएको

काठमाडौं, ८ भदौं ।सगरमाथा आरोही मदनकुमार चुडाल सम्मानित भएका छन् ।

 

सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमबीच उनलाई सम्मान गरिएको हो ।

 

नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन, शाहसिक कार्य तथा दिगो पर्यटन विकासमा पुर्‍याएको योगददानको कदर स्वरूप उनलााई सम्मान गरिएको संघले जनाएको छ ।

 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडकराज पौडेल (गणेश), पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, सङ्घकी अध्यक्ष माया शेर्पालगायतका अथिति उपस्थित थिए ।

प्रकाशित मिति: २०२६-०८-२४ , समय : १६:००:०८ , १ घन्टा अगाडि