Enepal Patra Pvt. Ltd. , ४ पटक हेरिएको
सुर्खेत, २५ असोज । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा जुम्ला घर भएका डा. भीमबहादुर खत्री साउन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका हुन् ।
उनलाई आज एक कार्यक्रम बीच मुख्यमन्त्री मंगलबहादुर शाहीले उपाध्यक्ष पदको शपथ ग्रहण गराएका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जुम्लाको तातोपानी गाउँपालिका–४ का खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
बागवानीविद् तथा प्राध्यापक पनि रहेका डा. खत्री विशेषगरी नेपालमा आलुबालीको अनुसन्धान, प्रविधि विकास, मूल बीउ उत्पादन प्रणालीको स्थापना तथा बागवानी क्षेत्रमा उनी चार दशकदेखि सक्रिय रहेका थिए ।
उनी त्रिभुवन विश्वविद्यालयमा बागवानी विषयको प्राध्यापन तथा विद्यावारिधि तहका शोधार्थीहरूको प्राज्ञिक निर्देशकका रूपमा समेत सक्रिय रहेका खत्री वि.सं. २०१४ फागुन ३ मा जन्मिएका उनले अस्ट्रेलियाको तस्मानिया विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान अध्ययन संस्थानबाट कृषिमा विद्यावारिधि गरेका हुन ।
फिलिपिन्सको बेङ्गेट स्टेट विश्वविद्यालयबाट (सन् १९९३–१९९५) कृषि (बागवानी)मा स्नातकोत्तर गरेका उनले स्नातक भने त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पस, चितवनबाट (सन् १९७९–१९८२) गरेका डा. खत्री सन् २०२१ देखि हालसम्म बागवानी विषयका प्राध्यापक छन् ।
त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कीर्तिपुरमा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका उनी त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय (चितवन)का स्नातकोत्तर तथा विद्यावारिधि तहका शोधार्थीहरूको मुख्य सल्लाहकार र शोध निर्देशकको रूपमा कार्यरत छन् ।

प्रकाशित मिति: २०२६-१०-११ , समय : १७:३०:२६ , १ घन्टा अगाडि