माेरङकाे रमितेमा बम विष्फोट, विप्लव मा‌ओवादीले विष्फोट गराएकाे आशंका

Enepal Patra Pvt. Ltd. , ६१६  पटक हेरिएको

रमितेखाेला(माेरङ) ५ माघ । माेरङकाे रमितेखाेलामा शक्तिशाली बम बिष्फाेट भएको छ । निर्माणाधीन  मिक्लाजुङ आइतबारे सडक निर्माण का लागि राखिएका ३ वटा स्कावेटरमा विष्फोट गराईएकाे स्थानीयले बताएका छन् । विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन ।यद्यपि प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएकाेे आशंका गरिएको छ ।

विष्फोट बाट भएको क्षतिकाे विस्तृत विवरण आइ सकेको  छैन । मधुमल्लामा रहेको इलाका प्रहरी कार्यलयले भरखरै घटनाबारे जानकारी लिएको बुझिएको छ । स्थानीयले घटनाका बारेमा फेसवुकमा सुचना दिए पनि केही बताउन चाहेका छैनन । उत्तरी माेरङ २०५२” पछि पनि तत्कालीन माओवादीकाे शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ ।

 

फाईल तस्बिर

प्रकाशित मिति: २०२०-०१-१९ , समय : २२:३०:५७ , ४ वर्ष अगाडि