बालिका बलात्कार गरेको अभियोगमा ५५ बर्षे अधबैसै पक्राउ

Enepal Patra Pvt. Ltd. , ७  पटक हेरिएको

सल्यान, १८ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
 

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दार्मा गाउँपालिका–४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्र बहादुर चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

 

रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: २०२६-०८-०४ , समय : ०९:५९:०४ , २ घन्टा अगाडि