कर्णालीको पाँचौ मुख्यमन्त्रीका लागि दावी पेश गर्न ५ बजेसम्म समय

Enepal Patra Pvt. Ltd. , ७  पटक हेरिएको

सुर्खेत, १२ साउन । पाँचौ मुख्यमन्त्रीको नियुक्ति प्रकिया सुरू भएसँगै कर्णाली प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएसँगै नयाँ सरकारका लागि बाटो खुल्ला भएको हो ।

 

मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएको ४ दिन पछि प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका हुन्।

 

काठमाडौंमा नेकपा एमाले र नेकपा बिच भएको सहमति अनुसार नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही मुख्यमन्त्रीको दाबी पेस गर्ने बुझिएको छ।
 

प्रकाशित मिति: २०२६-०७-२८ , समय : १२:५६:४२ , २ घन्टा अगाडि