Enepal Patra Pvt. Ltd. , १०२ पटक हेरिएको
ठमाडौं, १० साउन । मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनमा बसिरहेका डा.गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आजवाट औपचारिक संवाद गर्ने भएका छन्।
हिजो शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग अनौपचारिक संवाद गरे पनि आजवाट औपचारिक संबाद गर्न लागेका हुन ।
त्यसका लागि पौडेल शनिबार धनगढी पुगेर डा. केसीसँग साँझ भेटघाटसमेत गरिसकेका छन । डा. केसी हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन् ।
‘आज (शनिवार) डा.केसी र उहाँका सहयोगीसँग संवाद भएको छ। उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ,’ पौडेलले हिजो सञ्चारकर्मीसँग भनेका थिए, ‘आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव धनगढी आएपछि औपचारिक संवाद सुरू हुनेछ, सम्भवतः आइतवार नै सहमति हुनेछ ।’
डा. केसी विभिन्न पाँच बुँदे माग राखी तीन दिनदेखि अनसनमा रहेता पनि धनगढीको कृष्ण मन्दिर धर्मशालामा बसेको भन्दै स्थानियले बिरोध जनाएका छन । डा. केसीको अनसन अनावश्यक भएको भन्दै स्थानियले उनीबिरूद्द ‘गो ब्याक गोबिन्द केसी’ भन्दै नारावाजी गरेका थिए । उनले सुदुरपश्चिममा अनसन बसेर मेडिकल शिक्षा माथी प्रहार गरेको स्थानियको आरोप रहेको छ ।
प्रकाशित मिति: २०२६-०७-२६ , समय : ११:०८:२१ , २ महिना अगाडि