गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

Enepal Patra Pvt. Ltd. , ९००  पटक हेरिएको

काठमाडौं, ५ माघ । गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट बाहिर जाने क्रममा सुरक्षा जाँचमा खटिएकी एक महिला प्रहरीले आफूलाई अभद्र व्याहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल मार्फत प्रहरी कर्माचारी माथि आक्रोसपूर्ण अभिव्यक्ति सार्वजनिक गर्नु भएको थियो ।
सोही विषयमा अनुसन्धान गर्न प्रहरीले उहाँलाई पक्राउ गर्न अनिमति दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताउनुभयो

प्रकाशित मिति: २०२०-०१-१९ , समय : १४:४५:५९ , ७ वर्ष अगाडि