अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बोलाइयो

Enepal Patra Pvt. Ltd. , ३८७  पटक हेरिएको

काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आज भएको सो भेटवार्तामा दुई नेताबीच सभामुखको उम्मेदवार चयनको बिषयमा छलफल भएको बताइएको छ । उहाँहरुबीच छलफल भएपछि आजै अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ ।

दुई नेताबीच सभामुखको उम्मेदवारबारे छलफल भए पनि के सहमति भयो त्यसको बारेमा आधिकारिक जानकारी खुलाइएको छैन ।

प्रकाशित मिति: २०२०-०१-१९ , समय : १३:२६:२४ , ४ वर्ष अगाडि