ईनेपालपत्र , ९ पटक हेरिएको
सञ्जय मिश्रा
रौतहट, १८ वैशाख । भारतीय सीमा सुरक्षा बल एसएसबीले हुण्डी कारोबार नियन्त्रणमा बिशेष सक्रियता देखाएको छ।
बाराको ककोरवा नाका हुँदै नेपालबाट ठूलो परिमाणमा रकम लिएर जाँदैगरेका एक नेपालीसहित दुईजनालाई झडौखर स्थित चेक प्वाइन्टमा एसएसबीले नियन्त्रणमा लिएको हो।
बिहीवार साँझ उक्त नाकाहुँदै भारततर्फ जाँदै गरेका भारतीय नागरिक नरेश कुमार गुप्ता र नेपाली नागरिक जैलाल साह तेलीलाई नियमित जाँचका क्रममा एसएसबीले उनीहरूको ब्याग जाँच गरिएको थियो। एसाएसबी मुख्यालय पिपराकोठी का सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार जाँचका क्रममा भारत बिहार पूर्विचम्पारण सिकारगन्जका नरेश कुमार गुप्ताको साथबाट नेपाली रुपैयाँ ९ लाख ६३ हजार ६५० र भारतीय रुपैयाँ ७१ हजार ४१० बरामद भएको थियो।
त्यसैगरी नेपाली नागरिक बारा कलैया उपमहानगरपालिका गालोपटी बजनिका जैलाल साह तेलीको साथबाट नेपाली रुपैयाँ १ लाख १० हजार फेला परेको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि एसएसबि ७१ औँ बटालियन अठमोहन कम्पनी इन्चार्ज तथा जितना प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो। एसएसबि प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद नगदसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जितना प्रहरीलाई जिम्मा लगाइएको छ।
प्रकाशित मिति: २०२६-०५-०१ , समय : ०९:५०:२३ , २ घन्टा अगाडि