रौतहटमा स्वरुप परिवर्तन भएको ३ मोटरसाइकल नियन्त्रणमा

प्रशान्त निराैला , ६  पटक हेरिएको

सञ्जय मिश्रा
रौतहट,१६ बैशाख । रौतहटको सदरमुकाम गौर स्थित स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्दै चलाइएका ३ मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको छ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका, अनुसार मंगलवार प्रहरी गस्ती टोलीले गौर नगरपालिका क्षेत्रभित्र सडक गस्तीका क्रममा विभिन्न स्थानका चौक तथा बजार क्षेत्रमा अनुगमन गरेको थियो।

सो क्रममा केही मोटरसाइकलहरुमा ध्वनि बढाउने सलेन्सर, भाइजर, सकर, मोटरबाइक सिट लगायतका पार्टपुर्जा परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने र सर्वसाधारणलाई असहज बनाउने कार्य भइरहेको पाइएपछि उक्त मोटरसाइकलहरु नियन्त्रणमा लिएको थियो।

 

यस्ता गतिविधिले बजार क्षेत्र तथा सार्वजनिक आवतजावतमा प्रत्यक्ष असर पारेको प्रहरीको भनाइ छ।

 

प्रहरीले ध्वनि प्रदूषण गर्ने तथा नियमविपरीत परिमार्जन गरिएका ती मोटरसाइकलहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय गौर, रौतहट पठाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले बताएका छन्।
प्रवक्ता बस्यालका अनुसार विआर ०६ डिजे ९९३५ नम्बरको यामाहा,ना ४१ प ४४७३ एफजेड, विआर ०६डिसी ८३९८ नम्बरको एम टी १५ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रवक्ता बस्यालले बताएका छन्।

नियन्त्रणमा लिइएको तीनवटै मोटरसाइकल आवश्यक कारवाहीको लागि यातायात कार्यालय गौरमा पठाएको डिएसपी बस्याल द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २०२६-०४-२९ , समय : ०९:४१:५९ , ५७ मिनेटutes अगाडि